१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

साउदीको राजधानी रियाद पुगे क्रिस्टियानो रोनाल्डो

विश्वका चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो मंगलबार बिहान साउदी अरेबियाको राजधानी रियाद पुगेका छन्।

रोनाल्डोले साउदी अरेबियाको फुटबल क्लब अल–नासरसँग १७७ मिलियन पाउण्ड (२८ अर्ब ३६ करोड रूपैयाँ) को सम्झौता गरेका हुन्, जसअन्तर्गत रोनाल्डो सन् २०२५ सम्म अल–नासर क्लबसँग रहनेछन्।

उनलाई मंगलबार अल–नासर क्लबका संचालक समितिका अध्यक्ष मुस्ली अल मुअम्मर, उनका डेपुटी अब्दुल्लाह अल–अमरानी र क्लबका सीईओ अहमद अल–घाम्दी र बालबालिकाको समूहले बिमानस्थलमा स्वागत गरेका थिए।  

उनी साउदी अरेबियाका मार्सूल पार्क स्टेडियमको अल–नासर क्लबमा  मंगलबार स्वागत स्वागत समारोहमा सहभागी हुनेछन्।

प्रकाशित: १९ पुस २०७९ ०६:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App