१८ माघ २०८२ आइतबार
image/svg+xml
खेल

स्पेनिस सञ्चार माध्यममा कासेरेन्योको नेपाल भ्रमण चर्चाः कासेरेन्योले स्पेनिस कोपा डेल रेमा रियाल मड्रिडसँग खेल्ने

कोपा डेल रे (स्पेनिस किंग्स कप_को अन्तिम ३२ अन्तर्गत रियाल मड्रिडविरुद्धको खेलका लागि कासेरेन्यो सिपी फुटबल क्लबले नेपालमा खेल्न लागेको दुई मैत्रीपूर्ण खेललाई अभ्यासका रुपमा प्रयोग गर्ने भएको छ ।

पोखरा र काठमाडौंमा स्थानीय टिमसँग एक÷एक मैत्रीपूर्ण खेल खेल्न स्पेनिस लिग संरचनाको दोस्रो श्रेणीको टोली मंगलबार बिहान काठमाडौं आउँदैछ । स्पेनस्थित नेपाली राजदुतावास, अखिल नेपाल फुटबल संघ, काठमाडौं जिल्ला फुटबल संघ र कास्की जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी गार्डेन फाउन्डेसनले आयोजना गर्न लागेको खेलका लागि कासेरेन्योको टोली सोमबार मड्रिडबाट नेपालका लागि उड्नेछ ।यही पुस २० गते ९जनवरी ४० मा हुने स्पेनिस किंग्स कपको अन्तिम ३२ का लागि शुक्रबार स्पेनिस फुटबल संघ ९एसएफएफ०को मुख्यालयमा गरिएको ुड्रुबाट कासेरेन्योले रियालसँग खेल्ने ऐतिहासिक अवसर प्राप्त गरेको थियो ।

शान्तिका लागि फुटबलुको नाराका शाथ नेपालबाट सम्पूर्ण विश्वलाई शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यमा हुन लागेको मैत्रीपूर्ण भ्रमणमा कासेरेन्योले गण्डकी ११ र काठमाडौं ११ सँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान अनिल गुरुङ कप्तानीमा रहने गण्डकी ११ को प्रशिक्षणको जिम्मेवारी राजेन्द्र तामाङले पाएका छन् । टोलीमा प्रदेशका अन्य राष्ट्रिय खेलाडीहरुको उपस्थिती रहने छ ।

यसैगरी काठमाडौं ११ को टिम राष्ट्रिय टोलीका अर्का पूर्व कप्तान विराज महर्जनको नेतृत्वमा रहनेछ । काठमाडौं टोलीको प्रशिक्षक मेघराज केसी हुनेछन् भने टिममा काठमाडौंमा रहेका अन्य राष्ट्रिय खेलाडीहरु समावेश छन् ।कासेरेन्योले बुधबार पोखरा रंगशालामा गण्डकी ११ तथा बिहीबार दशरथ रंगशालामा काठमाडौं ११ सँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ । क्रिस्मस मनाएर काठमाडौं आउने टोली दुई खेललगत्तै नयाँ वर्ष मनाउन स्पेन फर्किने आयोजक लुम्बिनी गार्डेन फाउन्डेसन नेपालका अध्यक्ष तथा लुम्बिनी गार्डेन फाउन्डेसन स्पेनका महासचिव एकराज गिरीले जानकारी गराएका छन् ।

नोभेम्बर १३ मा भएको पहिलो चरणमा कोर्डोबालाई ३–० को नतिजामा पराजित गरेको कासेरेन्योले डिसेम्बर २२ मा सम्पन्न दोस्रो चरणमा जिरोनामाथि २¬–१ को जित हासिल गर्दै स्पेनिस किंग्स कपको अन्तिम ३२ मा स्थान सुरक्षित गरेको थियो ।कासेरेन्योको नेपाल भ्रमणलाई स्पेनिस सञ्चार माध्यमहरुले विश्व क्लब फुटबलकै महारथी रियालविरुद्धको खेलको अभ्यासका रुपमा वयान गर्दै समाचारहरु प्रकासित गरेका छन् ।लोकप्रिय स्पेनिस खेल दैनिक मार्काले ुरियाल मड्रिडविरुद्धको ऐतिहासिक खेलका लागि सिपी कासेरेन्यो नेपालमा अभ्यास गर्दैु शीर्षकमा टोलीको नेपाल भ्रमणबारे लामो समाचार प्रकाशित गरेको छ ।क्लब पोलिडेर्पोटिभो कासेरेन्योले कोपा डेल रेअन्तर्गत रियाल मड्रिडविरुद्ध हुने खेलको अभ्यास नेपालमा गर्ने भएको छ । शान्तिका लागि फुटबल भन्ने नाराका साथ कासेरेसमा बनाइन लागेको अन्तर्राष्ट्रिय बुद्धिस्ट कम्प्लेक्स ९लुम्बिनी डार्डेन०को सहयोगार्थ कासेरेन्योले नेपालमा दुई मैत्रीपूर्ण खेल खेल्दैछ,ु मार्काको समाचारमा उल्लेख छ ।  

 

प्रकाशित: ११ पुस २०७९ ०२:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App