११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

सेपाकताक्रो टोली बंगलादेश जाँदै

बंगबन्धु कप चौथो दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिपमा सहभागी हुन नेपाली सेपाकताक्रो टोली शनिबार बंगलादेशको ढाका प्रस्थान गर्दै छ।

आगामी डिसेम्बर २५ देखि ३१ तारिखसम्म ढाकास्थित सुहार्दी राष्ट्रिय इन्डोर स्टेडियम हुने प्रतियोगितामा नेपालका पुरुष र महिला दुवै टोलीले प्रतिस्पर्धा गर्दै छन्। नेपाली पुरुष टोलीले तीन तथा महिला टोलीले दुई स्पर्धा सहभागिता जनाउनेछन्। पुरुषले रेगु टिम, रेगु र क्वाड तथा महिलाले रेगु र क्वाड स्पर्धामा खेल्नेछन्। त्यसका लागि नेपालका १६ खेलाडीसहित २५ सदस्यीय टोली बंगलादेश प्रस्थान गर्दै छन्। नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे।

पुरुष खेलाडीमा रोशन तामाङ, रविन भट्टराई, संगीन थापा मगर, विपिन थनेत, विजय महतो, पदमबहादुर ठाडामगर, सूर्यकुमार चौधरी, दीपेशजंग थापा, उमेशबहादुर महतो, राजीव कालाखेती, सन्देश राई र चन्द्र चौधरी रहेका छन्। महिलामा सुमित्रा डंगोल, कमला दर्जी, रुथकुमारी श्रेष्ठ, निरु थापामगर र भविसरा ढकाल छन्। टोली प्रमुखमा नेपाल सेपाकताक्रो संघका अध्यक्ष नेत्रप्रसाद गुरुङ, व्यवस्थापकमा नेसिर मास्के, पुरुषको मुख्य प्रशिक्षकमा वीरेन्द्रविक्रम लिम्बु र सहायक प्रशिक्षकमा खेवाहाङ राई तथा महिलाको मुख्य प्रशिक्षकमा लोकमणि आत्रेय र सहायक प्रशिक्षकमा रामकुमारी शर्मा तिमिल्सिना रहेका छन्।

निर्णायकमा मेघराज तोलङ्गी र क्षितिजकुमार धामी रहेका छन्। टोली शनिबार ढाका प्रस्थान गर्नेछ। पुरुष/महिला दुवैमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश गरी ५ राष्ट्रको सहभागिता रहने अध्यक्ष गुरुङले जानकारी गराए।

प्रकाशित: ९ पुस २०७९ ०१:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App