१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

नेपाल सुपर लिगका लागि सम्झौता: आठ वर्षमा एन्फालाई १७ करोड

नेपाल सुपर लिगको आयोजनाका लागि अखिल नेपाल फुटबल संंघ (एन्फा) र नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) बीच ८ वर्षका लागि सम्झौता भएको छ।

मंगलबार सम्झौता-पत्रमा एन्फाका प्रवक्ता सुरेश शाह र एनएसइएमका तर्फबाट प्रबन्ध निर्देशक श्रेयान्स कार्कीले हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार ८ वर्षमा एनएसइएमले एन्फालाई १७ करोड २१ लाख रूपैयाँ दिनेछ। जस अनुसार एइएसइएफमले सम्झौताको पहिलो वर्ष प्रदान गर्नुपर्ने १ करोड ५० लाख रूपैयाँ बराबरको चेक सोही कार्यक्रममा महासचिव किरण राईलाई बुझाएका थिए। एनएसइएमले सम्झौताको दोस्रो वर्ष पनि १ करोड ५० लाख रूपैयाँ दिनेछ भने तेस्रो वर्षबाट वार्षिक १० प्रतिशतका दरले बढाउने सहमति भएको छ।

कोभिड १९ महामारीका बीच २०७७ साल वैशाखमा एनएसएलको पहिलो संस्करण सम्पन्न भएको थियो। जहाँ काठमाडौं रेजर्सले धनगढी एफसीलाई हराउँदै उपाधि जितेको थियो। प्रतियोगिताको पहिलो संस्करणमा काठमाडौं र धनगढीसहित विराटनगर सिटी एफसी, ललितपुर सिटी एफसी, पोखरा राइनोज, एफसी चितवन र बुटबल लुम्बिनी एफसी गरी सात टोलीको सहभागिता थियो। दोस्रो संस्करणमा झापा एफसी, स्पोर्टिङ इलाम मेची एफसी र वीरगन्ज युनाइटेड एफसी गरी तीन टोली थप गरिएको छ। प्रतियोगिताको दोस्रो संस्करणमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन्।

दोस्रो सस्करणका लागि गत फागुनमै खेलाडी किनबेच सम्पन्न भैसकेको छ। प्रतियोगिता २०७८ चैत २६ गते हुने तालिका थियो। तर सहिद स्मारक ए डिभिजनका आठ क्लब मच्छिन्द्र, मनाङ मस्र्याङ्दी, थ्री स्टार, संकटा, न्युरोड टिम (एनआरटी), सातदोबाटो युथ, जावलाखेल युथ र फ्रेन्ड्स क्लब विरोधमा उत्रिएपछि एनएसएल विवादमा तानिएको थियो। तर केही दिनमै विरोधी क्लबको संख्या चारमा झरेको थियो। मच्छिन्द्र, सातदोबाटो, फ्रन्ेड्स र जावलाखेल भने विरोधबाट पछि हटेका थिए।

प्रकाशित: ६ पुस २०७९ ०२:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App