१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

ब्राजिली समर्थक पनि परम्परागत प्रतिस्पर्धी अर्जेन्टिनाको समर्थनमा

ब्राजिलका जस अर्नाल्डो डस सान्तोस जुनियर आफ्नो राष्ट्रिय टोलीको समर्थनका लागि कतार भ्रमणमा गएका थिए।

तर कतार विश्वकप २०२२ को क्वार्टरफाइनलमा क्रोएसियासँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भएसँगै ब्राजिलको छैटौं पटक विश्वविजेता बन्ने सपनाले पूर्णता पाएन।  

ब्राजिलले २००२ पछि विश्वकपको उपाधि जित्न सकेको छैन। यस क्रममा २००६, २०१० र २०१८ मा पनि क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको ब्राजिल २०१४ मा भने घरेलु मैदानमा सेमिफाइनलसम्मको यात्रा तय गर्न सफल भएको थियो। आपनो टोली ब्राजिल विश्वकपबाट बाहिरिए पनि अर्नाल्डो फाइनलमा भने चिर प्रतिद्वन्द्वी अर्जेन्टिनाको समर्थनमा देखिएका छन्। दक्षिण अमेरिकी राष्ट्र भएकाले पनि अर्नाल्डोको समर्थन अर्जेन्टिनालाई गएको हो।

‘फुटबल अप्रत्याशित खेल हो। मलाई लाज्छ अर्जेन्टिना यस पटक विश्व विजेता बन्न सक्षम छ,’ अर्नाल्डोले भने।  

अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियामाथि ३–० को जितसहित फाइनलमा स्थान बनाउँदा पनि अर्नाल्डोले अर्जेन्टिनालाई समर्थन गरेका थिए। उनले अर्जेन्टिनाकै जर्सीसमेत लगाएका थिए। उनलाई ब्राजिलको समर्थन गर्दा जति आनन्द आउँछ, अर्जेन्टिनाको समर्थन गर्दा त्यति नआउन पनि सक्छ। तर दक्षिण अमेरिकी भएर दक्षिण अमेरिकी राष्ट्रकै समर्थन गर्दा उनलाई सहज महसुस हुन्छ। उनलाई ब्राजिलमा अर्जेन्टिनाकै जर्सी लगाएका कारण आलोचित हुनुपर्छ भन्ने लागेकै छैन। दक्षिण अमेरिकी राष्ट्रको जर्सी लगाउँदा उनलाई लाजभन्दा पनि गर्व लागिरहेको छ। अर्जेन्टिना र फ्रान्सविरुद्धको फाइनलअघि उनले आफ्ना साथीहरूसँग अर्को बाजी राखेका छन्। विश्व फुटबलमा को सर्वकालीन खेलाडी ? ब्राजिलका पेले वा अर्जेन्टिनाका म्याराडोना।

‘अर्जेन्टिना आफ्नो टोलीको जितमा विश्वस्त देखिएको छ। लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले सहजै समर्थकको मन जितेको छ। उनको खुट्टामा जादु छ,’ अर्नाल्डोले भने।

यसअघि अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कलोनीले अर्जेन्टिनाले विश्वकप जित्न नसकेमा अर्को दक्षिण अमेरिकी राष्ट्रलाई आफ्नो समर्थन रहने बताएका थिए। जसको अर्थ उनको समर्थन अर्जेन्टिना बाहिरिएको खण्डमा ब्राजिलमा जाने निश्चित थियो।

करिब ६० प्रतिशत ब्राजिलका समर्थक अर्जेन्टिनाले विश्वकप नजितोस् भन्ने पक्षमा छन्। ३३ प्रतिशत समर्थक भने ब्राजिल बाहिरिएका कारण अर्जेन्टिनाको समर्थनमा उत्रिएका छन्।  

विश्व फुटबलमा ब्राजिल र अर्जेन्टिना सधैं चिर प्रतिद्वन्द्वी हुन्। अर्जेन्टिनाले विश्वकपको पहिलो खेलमा साउदी अरेबियालाई नतिजा सुम्पिँदा सामाजिक सन्जालमा ट्रोल गर्ने सबैभन्दा बढी ब्राजिलकै समर्थक थिए।  

ब्रिटिसका एन्ड्य्रु लियोड वेवर र टिम रिसको जोडीले गाएको ‘डन्ट क्राइ फर मी अर्जेन्टिना’ बोलको गीतसहितका पोस्टहरू भाइरल भएका थिए। तर प्रतियोगितामा अर्जेन्टिना उपाधितर्फ लम्किरहँदा ब्राजिलको यात्रा क्वार्टरफाइनलमा सीमित भयो।

२०२१ को कोपा अमेरिका जित्दा अर्जेन्टिनाले ब्राजिललाई १–० ले स्तब्ध पारेको थियो। क्लब फुटबलमा धेरै सफलता चुमेका अर्जेन्टिनाका कप्तान लियोनल मेसीले राष्ट्रिय टोलीबाट भने प्रमुख उपाधि जित्न नसकेको भनेर हुँदै आएको आलोचना कोपा अमेरिकाको उपाधिसँगै मत्थर भएको थियो।

ब्राजिलका सर्वकालीन खेलाडी पेलेले पनि सान पाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालको शड्ढयाबाटै अर्जेन्टिना र क्रोएसियाबीचको सेमिफाइनल हेरेका थिए। जहाँ उनको समर्थन मेसी र उनको टोलीलाई थियो।

‘मेसी ! तिम्रो सफलता वर्णन गर्न कुनेै शब्द छैन,’ २००२ का विश्वविजेता ब्राजिलका रिभाल्डोले सामाजिक सन्जालमा पोस्ट गरेका छन्, ‘भगवान्लाई थाहा छ र उनले आइतबार तिमीलाई विश्वविजेताको ताज पहराउनेछन्। तिमी विश्वविजेता बन्न लायक छौ।’

मेसी र पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोलाई विश्व फुटबलमा म्याराडोना र पेलेपछिको सर्वकालीन खेलाडीका रूपमा लिइन्छ। दुवै खेलाडीले जित्न बाँकी ट्रफी भनेको विश्वकप मात्र हो। रोनाल्डोको टोलीको यात्रा क्वार्टरफाइनलमा सीमित भइसकेको छ। मेसीसामु भने विश्वकपको खडेरी तोड्ने सुनौलो अवसर जुरेको छ। २०१४ मा पनि अर्जेन्टिना विश्वकपको उपाधि संघारमा पुगे पनि फाइनलमा जर्मनीसँग निराश भएको थियो।

ब्राजिलका सर्वकालीन खेलाडी पेलेले पनि सान पाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालको शय्याबाटै अर्जेन्टिना र क्रोएसियाबीचको सेमिफाइनल हेरेका थिए। जहाँ उनको समर्थन मेसी र उनको टोलीलाई थियो।

प्रकाशित: २ पुस २०७९ ०२:२८ शनिबार

कतार विश्वकप २०२२