१६ चैत्र २०८० शुक्रबार
खेल

फिल्म हलमा विश्वकप फुटबल नदेखाउन विकास बाेर्डकाे ध्यानाकर्षण

चलचित्र विकास बोर्डले सिनेमा हलमा विश्वकप फुटबल नदेखाउन ध्यानाकर्षण गराएको छ।

नियमित चलचित्र प्रदर्शनको शो समय जस्तै विश्वकप फुटबल प्रशारण हुन लागेको र कतिपय चलिचत्र सिनेमा हलहरुले आफ्नो वबसाइड मार्फत शो समय समेत खुलाएको भन्दै बोर्डले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो।

‘उपरोक्त सम्बन्धमा ‘चलचित्र प्रदर्शन गर्न दिइने इजाजतपत्रको अनुसूची ७ मा व्यवस्था भएको चलचित्र प्रदर्शन गर्न दिइने इजाजत पत्रको खण्ड ७ मा इजाजतपत्रवालाले पालना गर्नुपर्ने शर्त बमोजिम’ मात्र चलचित्र घरमा चलचित्र प्रदर्शन गर्नुहुन सूचित गरिन्छ। अन्यथा नियमानुसारको कारबाही भैजाने ब्यहोरा जानकारी गराइन्छ।’ विज्ञप्तिमा भनिएको छ।

विश्वकपका खेलहरु हलमा देखाए कारबाहीको चेतावनी पनि बोर्डले दिएको छ। अहिले कतिपय सिनेमा घरहरुले विज्ञापन नै गरेर फुटबल देखाउने बताइरहेका छन् ।

प्रकाशित: २३ मंसिर २०७९ ०९:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App