आइसिसी विश्वकप लिग–२क्रिकेटमा नेपाल नामिबयासंग ८६ रनले पराजित भएको छ। जितको लागि २७६ रनको लक्ष्य पाएको नेपालले ४६ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर जम्मा १८९ रन मात्र बनाउँदै खेल ८६ रनले हार्न पुगेको हो।
यस अघि नेपालले टस जितेर पहिलो ब्याटिङ गर्ने निम्तो दिए पछि घरेलु टोलीले ५० ओभरको खेलमा ७ विकेट गुमाएर २७५ रन बनाएको थियो। नेपालका लागि सबै भन्दा बढी कप्तान रोहित पौडेलले ६१ बलमा ३ चौक्का संगै ४४ रनको योगदान दिए। त्यसैगरी दीपेन्द्र सिंह एैरीले ३४ ,ज्ञानेन्द्र मल्लले ३० , अर्जुन साउदले २९ रन बनाए। नामिबियाका लागि पिकी या फ्रास , जेजे स्मीत र टाङगेनी लुगामेनीले दुई दुई विकेट लिए।
यस अघि नामिबियाका लागि माईकल भान लिनगेनले १ छक्का र १५ चौक्का संगै १११ रनको सतकिय पाली खेल्दै ५० ओभरको खेलमा ७ विकेट गुमाएर २७५ रन बनाएको थियो। त्यसैगरी कप्तान जेरहार्ड इरामसल ५३ ,जान लिकोलले ४० , डिभान लकले १८ र लो ह्यान्ड्रेले १४ रन बनाए।
नेपालका लागि ललित राजवंशीले १० ओभरमा ३६ रन खर्चेर महत्त्वपूर्ण ४ विकेट लिए। त्यसैगरी सोमपान कामीले २ र सागर ढकालले एक विकेट लिए। गुलसन झा, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल र आसिफ सेकले बलिङ गरे पनि कुनै विकेट लिन सकेनन्।
नेपाल, नामिबिया र स्कटल्यान्ड सम्मिलित यस शृङ्खलामा नेपालको यो तेस्रो खेल हो। यसअघि नेपाल र नामिबियाबीचको खेल वर्षाले प्रभावित भएको थियो। वर्षाका कारण दुवै टोलीले अंक बाँडेका थिए।
नेपालले शृङ्खलाको अन्तिम खेल बिहीबार स्कटल्यान्डसँग खेल्नेछ। दोस्रो खेलमा नेपालस्कटल्याण्डसँग नेपाल ३ विकेटले पराजित भएको थियो।
प्रकाशित: २१ मंसिर २०७९ १५:२२ बुधबार





