१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

कमजोर रक्षापंक्तिले हार: सेसे

सेनेगलका प्रशिक्षक अलिउ सेसेले कमजोर रक्षापंक्तिका कारण इङ्ल्यान्डलाई ३–० को नतिजा सुम्पिनुपरेको प्रतिक्रिया दिएका छन्।  

अफ्रिका कप अफ नेसन्सको विजेता सेनेगलको कतार विश्वकप २०२२ को यात्रा अन्तिम १६ मा सीमित भएको हो। इङ्ल्यान्डको सहज जितमा कप्तान ह्यारी केन, जोर्डन हेन्डरसन र बुकायो साकाले समान एक गोल गरेका थिए।  

‘हामीले पहिलो हाफमा राम्रो प्रदर्शन गर्दै गोलको अवसर सिर्जना गरेका थियौं, तर पाएका अवसरलाई भने गोलमा परिणत गर्न सकेनौं,’ सेसेले भने, ‘दोस्रो हाफमा हामीले रक्षापंक्तिमा गरेको कमजोर प्रदर्शन हामीलाई महँगो साबित भयो। इङ्ल्यान्ड बलियो टोली हो र उनीहरूविरुद्ध खेल्न पक्कै सहज थिएन। हामी भने स्वाभाविक लयमा रहेनाैं।’  

प्रतियोगिताको पहिलो खेलमा नेदरल्यान्ड्ससँग निराश भएको सेनेगलले दोस्रो खेलमा आयोजक कतार र तेस्रो खेलमा इक्वेडरलाई हराउँदै समूह ‘ए’ को उपविजेताका रूपमा अन्तिम १६ मा स्थान बनाएको थियो। तर सेसेको टोलीले त्योभन्दा अघिको यात्रा भने तय गर्न सकेन।

‘सेनेगलको राम्रो पक्ष नै रक्षापंक्ति थियो, जुन इङ्ल्यान्डविरुद्धको खेलमा असफल भयो,’ उनले भने, ‘हाम्रो क्वार्टरफाइनलको लक्ष्यले पूर्णता पाएन। तर हामीले ठूलो पाठ सिकेका छौं। जुन आगमी दिनमा निकै फलदायी हुनेछ। आज हामीले गल्ती ग¥योैं र इङ्ल्यान्डले त्यसका भरपूर सदुपयोग ग¥यो।’

सेसेले कप्तान साडियो मानेको अनुभव टोलीमा खड्किएको बताए। पूर्ण रूपमा फिट नभए पनि टोलीमा स्थान बनाएका मानेले प्रतियोगिता सुरु हुनुभन्दा केही दिनअघि मात्र टोलीबाट नाम फिर्ता लिएका थिए।

‘माने टोलीका प्रमुख खेलाडी थिए, उनको अनुभव टोलीलाई थप अघि बढाउन निकै फाइदाजनक हुने थियो,’ सेसेले भने, ‘तर उनी विश्वकपअघि चोटका कारण घर फर्कन बाध्य भए। जसको घाटा टोलीलाई लाग्यो।’  

सेसेले कतार विश्वकपमा टोलीले गरेको प्रदर्शनले आगमी दिनमा ठूला भनिएका टोलीलाई पनि सहज चुनौती दिन सक्नेमा आशावादी रहेको बताए।  

‘हामी अहिले फिफा वरीयताको १८औं स्थानमा छौं,’ उनले भने, ‘यो स्तरसम्म पुग्न हामीले धेरै मिहिनेत गरेका छौं। हाम्रो चुनौती भनेको यसलाई कायम राख्ने र थप अघि बढ्ने हो। त्यसो भएमा हामीले आगामी दिनमा शीर्ष टोलीलाई कठिन प्रतिस्पर्र्धा दिन सक्छौं।’

प्रकाशित: २० मंसिर २०७९ ०१:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App