१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

सम्झनामा १९९८ को विश्वकप

१९९८ को विश्वकपमा अमेरिकाविरुद्धको खेल अगाडि विपक्षी टोलीलाई सेतो गुलाब दिँदै इरानी खेलाडी । तस्बिर: एजेन्सी

विश्वकप फुटबल इतिहासमा राजनीतिक जोडिएको खेल एकपटक फेरि हुँदा अमेरिकाका प्रशिक्षक ग्रेग बेरहाल्टर खुसी नै छन्। मंगलबार इरान र अमेरिका भिड्दा सन् १९९८ को विश्वकप खेलको सम्झना पनि दिनेछ।

तर, नतिजाका हिसाबमा यसपटक फरक रहने विश्वास गे्रगलाई छ। १९९८ मा फ्रान्सको लियोनमा अमेरिका र इरान भिड्दा त्यो खेल अति राजनीतिकरण बनेको थियो, जुन नतिजा २–१ ले इरानको पक्षमा रह्यो। जुन इरानको विश्वकपमा पहिलो जित पनि हो। त्यो प्रतिस्पर्धाले ‘मदर अफ अल गेम्स’ का रूपमा पनि चर्चा पायो। त्यस खेलको तीन दशक अघिदेखि नै यी देशबीच द्वन्द्व थियो।  तत्कालीन समयमा इरानका प्रमुख नेता अली खामेनेईले खेल अगाडि प्रतिद्वन्द्वीसँग हात मिलाउँदा अमेरिकी बाटोमा नहिँड्न आफ्ना खेलाडी निर्देशन दिएका थिए। सो खेलमा इरानी खेलाडीले अमेरिकी खेलाडीलाई सेतो गुलाबको पूmलसमेत दिएका थिए, जसको सन्देश थियो शान्ति। त्यसपछि दुवैले संयुक्त रूपमा फोटो पनि खिचाएका थिए। मंगलबार फेरि यी दुई देश भिड्दैछन्, जसमा इरानी जनता जित चाहन्छन्। राजनीतिक रूपमा शत्रु भए पनि खेलमा भने फरक हुने अमेरिकी प्रशिक्षकको भनाइ छ।

‘मैले विभिन्न देशमा खेलें र प्रशिक्षण पनि गरें। मैले हरेक किसिमका मानिसलाई भेटेको छु र सबैको लोकप्रिय खेल फुटबलले मानिसलाई एकतामा बाँधेको मात्र छ,’ उनले भने,‘हामी यहाँ दुई देशबीचको शत्रुताका कारण भिड्न लागेका होइनौं। हाम्रो लक्ष्य दोस्रो चरणमा पुग्नु हो, त्यस कारण प्रतिस्पर्धा गर्दै छौं।’ दोस्रो चरणमा पुग्न अमेरिकालाई जितको विकल्प छैन भने इरानलाई बराबरी पनि पर्याप्त छ।

प्रकाशित: १३ मंसिर २०७९ ०३:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App