२० मंसिर २०८२ शनिबार
image/svg+xml
खेल

१० ओभर : दबाबमा पोखरा, ६७ रन जोड्दा गुम्यो ४ ‍विकेट

काठमाडौं गोर्खाजले दिएको १६६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याइरहेको पोखरा एभेन्जर्स ब्याटिङमा धर्मराएको छ।

इनिङको आधा समय सकिँदा पोखराले ४ महत्त्वपूर्ण विकेट गुमाएर ६७ रन मात्र जोड्न सकेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराका शीर्ष क्रमका ब्याटरहरू लामो समय क्रिजमा टिक्न सकेनन्।

पोखराको सुरुवात राम्रो हुन सकेन। ओपनर एडम रोजिङटन ५ बलमा ५ रन बनाउँदै सनी पटेलको बलमा बोल्ड भए। अर्का विदेशी खेलाडी जेसन रोय १२ बलमा १६ रन बनाएर शाहब आलमको बलमा बोल्ड भए।

तेस्रो नम्बरमा आएका त्रित राज दास ९ रनमा एलबीडब्लु आउट भए भने राम्रो लयमा देखिएका कप्तान कुशल भुर्तेल २२ रन बनाएर करण केसीको बलमा क्याच आउट भए। भुर्तेलले २० बलमा २ छक्का प्रहार गरे।

काठमाडौंका बलरहरूले पोखरालाई खुलेर खेल्न दिएका छैनन्। सनी पटेलले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिएका छन्। करण केसी र शाहब आलमले १–१ विकेट हात पारेका छन्।

अहिले क्रिजमा धनञ्जय लक्षण (१२ रन) र ऋषि धवन (२ रन) खेलिरहेका छन्। हाल पोखराको रन रेट ६.७० छ भने आवश्यक रन रेट ९.९० पुगिसकेको छ।

प्रकाशित: १८ मंसिर २०८२ १४:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App