सर्लाहीको लखनदेही खोलामा डुबेर एक युवकको ज्यान गएको छ ।
मलंगवा नगरपालिका वडा नम्बर ५ भाडसरस्थित लखन्देही खोलामा डुबेर १८ वर्षीय ओम ठाकुरको मृत्यु भएको हो ।
गाउँ नजिकै रहेको खोलामा मृतक ठाकुरसँगै चारजना नुहाउन गएका थिए । खोलामा आएको बाढीको भेलले बगाउन थालेपछि तीन जना सकुशल निस्किन सफल भएपनि ठाकुरलाई बाहिर निस्किन नसकेर डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी सरोज राइले बताए ।
ठाकुरको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङगवा राखिएको र पोस्टमार्टम पछि अन्तिम सस्कारका लागि परिवार जनको जिम्मा लगाउने डिएसपी राईले बताए ।
प्रकाशित: २१ आश्विन २०८२ १७:०२ मंगलबार





