यती एयरलाइन्सले प्रतिनिधिसभा निर्वाचनका दिन सबै उडानहरु स्थगित गरेको छ।
मंगलबार कम्पनीले सूचना जारी गर्दै २१ फागुनमा निर्धारित सबै उडानहरु स्थगन गरिएको जानकारी दिएको हो।
उडान स्थगनबाट पर्न जाने असुविधाप्रति क्षमा माग्दै कम्पनीले २२ फागुनदेखि नियमित उडान हुने जनाएको छ।
निर्वाचन आयोगले यसअघि नै निर्वाचनकोे दिनमा आन्तरिक उडानमा अनुमति दिइसकेको छ।
प्रकाशित: १९ फाल्गुन २०८२ १२:५३ मंगलबार





