२८ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

किशोर श्रेष्ठलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट, शुक्रबार सुनुवाइ

जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको विषय सर्वोच्च अदालत पुगेको छ।

श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएकी हुन्। निवेदनमा श्रेष्ठलाई पक्राउ गर्न पर्याप्त आधार नभएको भन्दै थुनामुक्त गर्न अदालतसँग माग गरिएको छ।

व्यक्तिगत गोपनीयतासम्बन्धी कसुरमा प्रहरीले श्रेष्ठलाई बुधबार साँझ पक्राउ गरेको थियो। उक्त पक्राउविरुद्ध दर्ता भएको रिटमा शुक्रबार सुनुवाइ हुने गरी पेसी तोकिएको छ।

प्रकाशित: २८ श्रावण २०८३ २०:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App