१३ श्रावण २०८३ बुधबार
image/svg+xml
समाज

पर्खाल भासिदा मजदुरको मृत्यु

कपिलवस्तुको विजयनगर गाउँपालिका–४ त्रिपाल नगरमा माटोको देवाल (पर्खाल) भासिदा एक जना मजदुरको मृत्यु भएको छ। 

माटोको पर्खाल भत्काउने क्रममा च्यापिएर विजयनगर गाउँपालिका–४ ज्योतिनगर का २४ वर्षीय सुरेश रोक्काको मृत्यु भएको हो। 

मंगलबार बिहान सन्तोष गुरुङको घरमा बुवा करम बहादुर रोक्का र छोरा सुरेश मिलेर देवाल भत्काउने क्रममा भासिएको थियो।

पर्खालले च्यापिएर गम्भीर घाइते भएका रोक्कालाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

शव पोस्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगञ्ज पठाइएको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित: १२ श्रावण २०८३ १२:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App