३२ असार २०८३ बिहीबार
image/svg+xml
समाज

एस्काभेटरले फालेको बालुवामा पुरिएर मजदुरको मृत्यु

एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ।

देउखुरी कालाकाटे–सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गरिरहेका गढवा गाउँपालिका–२का ४५ वर्षीय लालमणि यादवको एस्काभेटरले फालेको बालुवामा पुरिएर मृत्यु भएको गढवास्थित इलाका प्रहरी कार्यालयले जनाएको छ।

बिटुमिन तयार गर्ने स्थानमा एस्काभेटर चालक चालक अनिलकुमार थारुले बालुवा फालेका थिए।

उक्त स्थानमा मजदूर नभएको ठानेर उनले आफ्नो जिम्मेवारी निर्वाह गरेका थिए। निजलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: ३० जेष्ठ २०८३ १३:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App