२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

महिला सशक्तीकरणलाई आर्थिक सक्षमता आवश्यक

महिलालाई आर्थिक रुपमा सक्षम बनाउने वातावरण राज्यले तयार पार्न सके मात्र महिलाको सशक्तीकरण हुन सक्ने सरोकारवालाले औल्याएका छन् ।  

नेपाल पत्रकार महासंघ महिला विभाग र प्रेस काउन्सिल नेपालले संयुक्त रुपमा आइताबर आयोजना गरेको महिलाको आर्थिक सशक्तीकरणमा पत्रकारको भूमिका विष्यक बहस कार्यक्रममा तीजको शुभकामना दिँदै उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले महिलालाई आर्थिक रुपमा सवल बनाए मात्र देशले कोल्टो फेर्न सक्ने बताइन् ।  

‘व्यवसाय मात्र गरेर ठूलो हुने होइन,’ पूर्वअध्यक्ष राणाले भनिन् ‘महिलाहरु जो जहाँ जे काम गरिरहनु भएको छ त्यही कामलाई आर्थिक आयआर्जनसँग जोडेर महिलाई आर्थिक रुपमा सक्षम र सशक्तीकरण बनाउन सकिन्छ ।’  

उनले थपिन्,‘पछिलो समय तीजको अवसर पारेर पनि महिलाहरुले आ–आफ्नो उत्पादनलाई बजारसम्म पुर्‍याएर घरेलु उत्पादनलाई बजारसम्म पुर्‍याउने प्रबृति बढेको छ। यसलाई हामीले प्रोत्साहन गर्नु पर्छ ।’  

कीर्तिपुरकी सविता महर्जनले १५ वर्ष अघि आफुले आफुलाई नै चिन्न नसकेको अवस्थामा पुगेपनि अहिले उद्यमी भएर आफुलाई विश्वमा चिनाउन पाएकोमा गर्व महसुस भएको अनुभव सुनाइन् । प्रौढ शिक्षाको तालिम दिँदै आएकी शिक्षिका महर्जनले १५ वर्ष अघि उद्यममा लागेकि थिइन । 

‘मैले गरिरहेका काम साच्चिकै समाज परिवर्तन गर्ने खालका रहेछन् भन्ने मेरा कामको समाचार पत्रपत्रिमा आएपछिमात्र आफूलाई चिने,’ महर्जनले भनिन्,‘कीर्तिपुर होजियाली सञ्चालन गरेको छु । हजारभन्दा बढी महिला दिदीबहिनी काम गरिरहनु भएको छ। शेर्पा एन्डभेन्चरसँग सहकार्य गरेर कीर्तिपुर स्वीटेर बनाउन र विश्वबजारमा बेच्न सफल भए । जोन प्लेयर इन्टरनेशनल ब्रन्डमा जोडिएर आज म महिला उद्यमी भएर विश्वबजारमा आफ्नो ब्रन्ड लिएर जान पाउँदा निकै खुशी लाग्छ।’  

कार्यक्रममा सहभागीले महिला सशक्तीकरणका विषयमा धारणा राखेका थिए ।

प्रकाशित: ८ भाद्र २०८२ १९:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App