१८ आश्विन २०८३ आइतबार
image/svg+xml
समाज

असोज ३० देखि कात्तिक १-२ गतेसम्म मौसम बिग्रिन सक्छ : मौसमविद् पोखरेल

मौसमविद् विनोद पोखरेलले हालको मौसमी संकेतअनुसार असोज ३० देखि कात्तिक १–२ गतेसम्म मौसम बिग्रिन सक्ने बताएका छन्।

यो प्रारम्भिक पूर्वानुमान भएकाले आगामी दिनमा परिवर्तन हुने सम्भावना धेरै रहेको उनले बताए।। त्यसैले अहिलेको पूर्वानुमानलाई सम्भावित मौसमी अवस्थाका रूपमा लिनुपर्ने उनको भनाइ छ।

'यो पूर्वानुमान परिवर्तन हुने सम्भावना धेरै छ। तर हालको संकेतअनुसार असोज ३० देखि कात्तिक १–२ गतेसम्म मौसम बिग्रिन सक्छ,' उनले सामाजिक सञ्जालमार्फत भनेका छन्।

पोखरेलले यो सूचना डराउनका लागि नभइ समयमै जानकारी पाएर आगामी काम तथा यात्राको योजना बनाउन सहज होस् भन्ने उद्देश्यले सार्वजनिक गरिएको स्पष्ट पारेका छन्।

पूर्वानुमानमा परिवर्तन आएमा त्यसबारे पुनः जानकारी गराउने उनले बताए।

'यो सूचना डराउनका लागि होइन है- समयमै जानकारी पाएर आगामी काम तथा यात्राको योजना बनाउन सजिलो होस् भनेर मात्र राखेको हुँ,' उनले भने, 'पूर्वानुमान परिवर्तन भएमा फेरि अपडेट गर्नेछु।'

प्रकाशित: १८ आश्विन २०८३ ०८:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App