चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) को सरुवा भएको छ। वन तथा वातावरण मन्त्रालयले निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.गणेश प्रसाद पन्तको निकुञ्ज विभागमा भएको हो।
चितवन राष्ट्रिय निकुञ्जको अतिक्रमित जमिन खाली गर्न सूचना जारी गरेपछि पन्तको सरुवा गरिएको भन्ने बुझिएको छ। यद्यपि यस सरुवालाई पन्तले नियमित प्रकृया भएको बताए। ‘मैले छ महिना अघि नै सरुवा मागेको थिएँ। अहिले आएर मात्र भएको हो,’ उनले भने।
पन्त चितवन राष्ट्रिय निकुञ्जमा डेढ वर्ष अघि सरुवा भएर आएका थिए। उनले एक वर्ष पूरा भएपछि सरुवा मागेको बताए।
प्रकाशित: १७ वैशाख २०८३ १३:०८ बिहीबार





