२१ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम आइतबारदेखि

निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम भोलि (आइतबार)देखि पुन:सञ्चालन गर्ने भएको छ। आयोगको यही चैत १८ गतेको बैठकले उक्त कार्यक्रम पुन:सञ्चालन गर्ने निर्णय गरेको हो। 

राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने आयोगले जनाएको छ। आयोगका अनुसार राष्ट्रिय परिचयपत्र नबनाएकाले आयोगको ‘प्रि-इन्रोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फाराम भरी फोटो तथा औँठाछापसहितको जैविक विवरण प्रविष्ट गर्नुपर्ने छ। 

प्रदेश र जिल्ला निर्वाचन कार्यालयबाट नाम दर्ता गर्न सकिने छ।

प्रकाशित: २१ चैत्र २०८२ १६:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App