प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबारको दोस्रो खेलमा गण्डकी प्रदेश विजयी भएको छ।
गण्डकीले कोशी प्रदेशलाई ३९ रनले पराजित गरेको हो।
वीरगन्जमा भएको खेलमा गण्डकीले दिएको २२८ रनको लक्ष्य कोशी प्रदेशले भेट्टाउन सकेन। ५० ओभरको खेलमा कोशी ९ विकेटको क्षतिमा १८८ रनमा अलआउट भयो।
त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २२७ रन बनाएको थियो।
प्रकाशित: २१ चैत्र २०८२ १६:४९ शनिबार





