२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

‘पर्यटन क्षेत्रको विकासमा एआईको प्रयोग जरुरी’

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले पर्यटन क्षेत्रको विकासका लागि प्रविधिको प्रयोग आवश्यक रहेको बताएका छन् ।  

ट्रेकिङ एजेन्सिज् एशोसियसन अफ नेपाल (टान)को आयोजना तथा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) नेपालको सहलगानीमा सञ्चालित दिगो पर्यटन परियोजनाको सहकार्यमा आजदेखि सञ्चालित ‘प्रविधिमैत्री पर्यटन तथा एआई तालिम’को उद्घाटन सत्रमा उनले प्रविधिका माध्यमबाट पर्यटन क्षेत्र अहिलेको आवश्यकता भएको बताए ।  

पछिल्लो समय प्रविधिको प्रयोगसँगै नेपाल आउने विदेशी पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको उल्लेख पनि उनले बताए । नेपालको पर्यटन क्षेत्रको विकासका लागि समयानुकूल प्रविधिको प्रयोगसम्बन्धी तालिम अपरिहार्य रहेको उनको भनाइ थियो ।

टानका अध्यक्ष सागर पाण्डेले व्यावसायिक रुपमा नेपालको पर्यटन क्षेत्रलाई अगाडि बढाउन एआई तालिमले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले नयाँ पुस्तालाई पर्यटनसँग जोड्नका लागि प्रविधिमैत्री तालिम आवश्यक रहेको बताए ।  

टानका वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले अहिलेको डिजिटल युगमा एआईको तालिम अपरिहार्य भएको बताए । उनले एआई तालिमबाट नेपालको पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।  

टानका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रामचन्द्र सेढाईंले नेपालको पर्वतीय पर्यटनको विकास र ट्रेकिङ  कम्पनीमा आबद्ध व्यवसायीको क्षमता अभिवृद्धिमा यस्तो तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।  

चार दिनसम्म चल्ने तालिममा पर्यटनमा एआइको प्रयोग, गन्तव्य विकास, क्षमता विकास र पर्यटनको सुरक्षाबारेमा प्रशिक्षण दिने कार्यक्रम रहेको तालिमका संयोजक एवं टानका सदस्य राजु गुरुङले जानकारी दिए । आजदेखि सुरु भएको प्रशिक्षणको पहिलो चरणमा ३० ट्रेकिङ कम्पनीको सहभागिता छ ।

तालिमका सहसंयोजक एवं टानका सदस्य अम्बिरबहादुर गुरुङले नेपालको गन्तव्यलाई विश्वसामु चिनाउनका लागि यस्ता तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।  

प्रकाशित: १४ मंसिर २०८२ १४:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App