२० मंसिर २०८२ शनिबार
image/svg+xml
समाज

अपडेट: पचेहरामा भएको बिस्फोटले सडक ध्वस्त

कपिलवसतुको तौलिहवा चार नम्बर सडक खण्ड अन्तर्गत कपिलवस्तु नगरपालिका-१० पचेहरा हाट बजार नजिकै बिहीवार साझ ६ बजेतिर बिस्फोट हुदा मुख्य सडक ध्वस्त भएको छ ।

स्थानीयबासीले त्यहा ६ बजेर बजेर १० मिनेट तिर ठुलो आवजाले बम बिस्फोट भएको र बमको छर्रा टाढाटाढा पुगेको बताए । प्रहरीले भने सडक भित्र दबेर रहेको बिस्फोटजन्य पदार्थ आफै बिस्फोट भएको दाबी गरेको छ ।  

बिस्फोटले १० फिट जति खाल्टो र चार फिट चौडा बराबर सडक ध्वस्त भएको छ । प्रहरी नायब उपरिक्षक रिपेन्द्र कुमार सिंहले सडकमा दबेर रहेको बिस्फोट जन्य पदार्थ बिस्फोट भएको बताए ।  

मानवीय क्षति भने नभएको उनले बताए  । घटना स्थलमा प्रहरी पुगी सकेको उनले बताए । वडाध्यक्ष मोहनलाल शर्माले सडकमा ठूलो बिस्फोट भएको तर मानवीय क्षति नभएको बताए ।

घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनााएको छ । घटनास्लमा ठूलो भीड लागेको छ ।

प्रकाशित: १२ भाद्र २०८२ १९:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App