रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नं. ५ स्थित प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा डुबेर बेपत्ता भएका दुई तीर्थालु मृत भेटिएका छन् ।
जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाहीका अनुसार मोरङ विराटनगरका करिब २८ वर्षीय सुजन ढकाल र मोरङ बेलवारीका मनोज न्यौपानेको शव भेटिएको हो ।
साउन ११ गते शनिबार नुहाउने क्रममा डुबेर उनीहरू बेपत्ता भएका थिए । उनीहरूको खोज तथा उद्धारका लागि नेपाली सेना, श्रीनाथ गणबाट खटिएको टोलीले स्थानीय स्रोत र साधनको प्रयोग गरी कुण्डबाट शव निकालेका हो । नेपाली सेनाका अनुसार, ती शवलाई नेपाल प्रहरीलाई बुझाइनेछ ।
गहिरो ठाउँबाट स्नान गर्न कुण्डमा पसेका कारण डुबेको हुनसक्ने आकलन गरिएको छ ।
प्रकाशित: १२ श्रावण २०८२ १४:१६ सोमबार





