आइसिसी टी- २० पुरुष विश्वकप अन्तर्गत समूह बि को जारी खेलमा श्रीलंकाले ओमानलाई २२६ रनको विशाल लक्ष्य दिएको छ।
बिहीबार टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २२५ रन बनायो। श्रीलंकाकाे लागि कुसल मेन्दिसले सर्वाधिक ६१ रन बनाए।
ओमानको लागि जितेन रमानन्दी ले २ विकेट लिए। जवाफी ब्याटिङ गरिरहेको ओमानले दुई ओभरको खेल जारी रहँदा दुई विकेट गुमाएर खेलिरहेको छ।
प्रकाशित: २९ माघ २०८२ १३:१९ बिहीबार





