२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

भरतपुरमा स्कुटर दुर्घटना, दुई जनाको मृत्यु

चितवनको भरतपुरमा गए राति स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–१० स्थित सडकमा बा.प्र.०६-००३ प ०६९२ नम्बरको स्कुटर अनियन्त्रित भई पल्टिएको थियो।

दुर्घटनामा स्कुटर चालक भरतपुर–२१ का २५ वर्षीय सन्दीप घिमिरे र पछाडि सवार २८ वर्षीय कुशल अर्याल गम्भीर घाइते भएका थिए।

घाइते दुवै जनालाई उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: ४ कार्तिक २०८२ १६:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App