२ पुस २०८२ बुधबार
image/svg+xml
समाज

सेनाको गोली लागेर धादिङमा दुई जनाको मृत्यु

धादिङमा गोली लागेर दुई कैदीको मृत्यु भएको छ। सुरक्षाघेरा तोडेर कैदीबन्दी भाग्न खोजेपछि सुरक्षामा खटिएको नेपाली सेनाले गोली चलाएको थियो।  

गोली लागेर अन्दाजी ७५ वर्षीय बेनीघाट धादिङका जीतबहादुर घले र सुनवल नवलपरासी पश्चिमका ३६ वर्षीय इन्द्रबहादुर डालाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले बताए। घले जबर्जस्ती करणी र डाला लागूऔषध मुद्दामा कैद सजाय काटिरहेका थिए।

गोली लागेर अन्य सात कैदीबन्दी घाइते भएका छन्। घाइते कैदीबन्दीलाई केन्द्रीय कारागार काठमाडौं पठाइएको र उनीहरूको अवस्था हेरेर उपचारका लागि अस्पताल पठाइने सुवेदीले बताए।

बिहान ९ बजेदेखि नै बाहिर निस्कने प्रयास गरेपनि दिउँसो १ बजेर १८ मिनेटमा उनीहरूले विद्रोह गरेका थिए। उनीहरूलाई रोक्न अनेकन प्रयास गर्दा असम्भव भएपछि गोली चलाउनु परेको प्रजिअ सुवेदीले नागरिकलाई बताए।

स्थिति नियन्त्रणमा लिनेक्रममा ६ जना सुरक्षाकर्मी पनि घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य छ।  

कैदीबन्दीले सेनामाथी नै आक्रमण गर्न थालेपछि बाध्य भएर गोली चलाउनु परेको प्रजिअ सुवेदीले बताए।

प्रकाशित: २५ भाद्र २०८२ १८:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App