७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

सुदूरपश्चिम प्रदेशमा दुई दिन सार्वजनिक बिदा

सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा दिइएको छ। नेपाल सरकारले भदौ १५ र प्रदेश सरकारले भदौ १६ गते गौरा पर्वको बिदा दिएपछि यस प्रदेशमा लगातार दुई दिन सार्वजनिक बिदा भएको हो।

नेपाल सरकारले गौरा पर्वमा दिएको बिदा बाहेक थप एक दिन अर्थात भदौ १६ गते गौरा पर्वको बिदा प्रदेश सरकारको राजपत्रमा उल्लेख गरिएको छ। बिहीबारदेखि गौरा पर्व मनाइँदै आएको सुदूरपश्चिम प्रदेशमा उक्त पर्वलाई विशेष बनाउन पनि सार्वजनिक बिदा दिइएको हो।

प्रकाशित: १५ भाद्र २०८२ ०७:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App