ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं ३ स्थित नारायणी मावि साँघुको निर्माणाधीन सेफ्टी ट्याङ्कीमा जमेको पानीमा डुबेर २ जना बालबालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय मौसम लिम्बू र याङजुम शेर्पा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका पश्वक्ता तथा सूचना अधिकारी विवेक बस्नेतका अनुसार विद्यालय बन्द भएको बेला खेल्न गएका उनीहरू सेफ्टी ट्याङ्कीमा जमेको पानीमा डुबेको अवस्थामा भेटिएका थिए। स्थानीयले उद्धार गरे पनि उनीहरूलाई बचाउन नसकिएको स्थानीयलाई उद्यृत गर्दै प्रहरीले जनाएको छ।
दुवै मृतकको शव बिहीबार पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको समेत प्रहरीले जनाएको छ।
प्रकाशित: २६ भाद्र २०८२ १८:५६ बिहीबार




-600x400.jpg)
