२७ असार २०८३ शनिबार
image/svg+xml
समाज

बागमती नदीमा डुबेर दुई बालकको मृत्यु

रौतहटको गढीमाई नगरपालिका वडा नं. १ अन्तर्गत पर्ने बागमती नदीमा नुहाउने क्रममा आइतबार दिउँसो दुई जना बालकको डुबेर मृत्यु भएको छ।

प्रहरीका अनुसार समनपुर–हरैया घाट क्षेत्रमा दिउँसो करिब ३ बजेर २० मिनेटतिर नुहाइरहेका स्थानीय बासिन्दा भन्टु राय यादवका ८ वर्षीय छोरा अनिकेश यादव अचानक नदीमा डुबेका थिए। घटनापछि स्थानीय र प्रहरीको सहयोगमा खोजी गर्दा उनको शव फेला परेको थियो।

त्यसै क्रममा सोही स्थानका सुरेश यादवका ८ वर्षीय छोरा आदित्य यादव पनि नदीमा बेपत्ता भएका थिए। खबर प्राप्त हुनासाथ प्रहरी टोली सई मुना पासवानको नेतृत्वमा घटनास्थल पुगेको थियो।

खोजतलास जारी राख्ने क्रममा अपराह्न करिब ३ बजेर ५४ मिनेटमा घटनास्थलबाट करिब ५० मिटर दक्षिणतर्फ नदीमै आदित्य यादवको शव पनि फेला परेको प्रहरीले जनाएको छ।

घटनापछि दुवै बालकको मृत्युबारे आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको भन्दै जिल्ला प्रहरी कार्यालय रौतहटले थप अनुसन्धान जारी रहेको जानकारी दिएको छ। -रासस

प्रकाशित: १४ असार २०८३ १९:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App