इनफा इभेन्ट्स यूके र इन्फा नेपालको संयुक्त आयोजनामा सम्पन्न भएको तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (ईन्फा) २०२६ अन्तर्गत उत्कृष्ट पाँच मनोनयन सार्वजनिक तथा मनोनयन प्रमाणपत्र वितरण कार्यक्रम आज काठमाडौस्थित होटल याक एन्ड यतीमा सम्पन्न भएको छ।
नेपाली चलचित्र, नेपाली कलाकार तथा नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने, विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने तथा नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्ने उद्देश्यका साथ आयोजना हुँदै आएको ईन्फा अवार्डको तेस्रो संस्करण आगामी साउन ३० गते (१५ अगस्ट २०२६) मा सोही होटेलमा हुने भएको छ।
ईन्फा अन्तर्गत २०८२ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म प्रदर्शनमा आएका सहभागी ४० भन्दा बढी नेपाली चलचित्रहरू मध्ये निर्णायक मण्डल (वरिष्ठ अभिनेता हरिहर शर्मा, वरिष्ठ अभिनेत्री गौरी मल्ल, वरिष्ठ निर्देशक तथा कलाकार रमेश बुढाथोकी तथा वरिष्ठ सम्पादक एवं गीतकार करुण थापाले गरेको निष्पक्ष मूल्याङ्गन तथा प्राप्त अंकका आधारमा २१ प्रतिस्पर्धात्मक विधामा उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको हो।
कार्यक्रममा चलचित्र क्षेत्रका अग्रज व्यक्तित्व, कलाकार, निर्माता, निर्देशक, लेखक, प्राविधिक सञ्चारकर्मी तथा विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै, बेलायतमा रहेका इन्फा परिवारका पदाधिकारीहरूको स्वागत तथा शुभकामना भिडियो सन्देशसमेत प्रदर्शन गरिएको थियो ।
ईन्फा अवार्डको आयोजक समितिमा इन्फा इभेन्ट्स नेपालका सिइओ सुनिल श्रेष्ठ, इन्फा इभेन्ट्स यूकेका सिइओ उमेशराज मोक्तान, निर्देशकहरू टंक भट्टराई, आशिष राज पन्त, मनोज कुमार केसी, पाल्देन लामा, राज पाण्डे, शुष्मा पौडेल, तथा निर्देशक एवं अवाड कोअर्डिनेटर मनिष कार्की आवद्ध हुनुहुन्छ। मनोनयनमा पर्न सफल कलाकार, निर्माता, नर्देशक, लेखक तथा प्राविधिकहरूलाई मनोनयन प्रमाणपत्र प्रदान गरिएको गरियो।
ईन्फा अवार्डका पहिलो र दोस्रो संस्करण क्रमशः सन् २०२४ र २०२५ मा बेलायतको लण्डनमा सफलतापूर्वक सम्पन्न भएका थिए। तेस्रो संस्करण पहिलो पटक नेपालमा आयोजना हुन लागेको हो।
पपुलर, पब्लिक च्वाईस अवार्ड, जुरी अवार्ड, प्रोत्साहन अवार्ड, पर्फमर अफ दि अवार्ड, कमेडी अफ दि एयर र लाई टाईम एचिभमेन्ट अवार्ड गरेर कूल ( ३२ विद्यामा अवार्ड दिईने छ । रु। एक लाख, एघार हजार एक सय एघार रुपैयाँ सहितको लाईफ टाईम एचिभमेन्टस् अवार्ड यस वर्ष वरिष्ठ हाँस्यव्यङ्य कलाकार मदन कृष्ण श्रेष्ठलाई दिईनेछ।
यी हुन तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड ईन्फा २०२६ को उत्कृष्ट पाँच मनोनयन सूची
उत्कृष्ट चलचित्र
उत्कृष्ट आ बाट आमा–चन्द्र पन्त
उनको स्विटर–आर्टमाण्डु नेपाल
कोशेढुंगा– पदम बहादुर श्रेष्ठ
जेरी अन टप–सरोज न्यौपाने
परान– रन्जित आचार्य–शेखर गोल्छा
उत्कृष्ट ५ छायांकार
छायांकार चिन्तन राज भण्डारी– ऊनको स्विटर
दुलिप रेग्मी– जेरी, अन टप
नरेन्द्र मैनाली– द ब्लूलाइट
सुजन प्रजापति –माइतीघर
रिमै– रञ्जित आचार्य शेखर गोल्छा शैलेन्द्र डी कार्की
उत्कृष्ट निर्देशक
दीपकप्रसाद आचार्य–परान
नविन चौहान– ऊनको स्विटर
सरोज पौडेल– कोशेढुंगा
सुदिप्ता– रमिताको पिरती
सुयोग गुरुङ– जेरीअन टप
उत्कृष्ट अभिनेता
अनमोल केसी–जेरीः अन टप
नाजिर हुसेन– गुन्यु चोलो नीर शाह परान
पल शाह– आ बाट आमा
विपिन कार्की– ऊनको स्विटर
उत्कृष्ट अभिनेत्री
आना शर्मा– रमिताको पिरती
जसिता गुरुङ –जेरीः अन टप
मिरुना मगर– ऊनको स्विटर
रिश्मा गुरुङ–रिमै
सुरक्षा पन्त – कोशेढुंगा
चरित्र अभिनेत्री
कविता आले–जनै हराएको मान्छे
लक्ष्मी गिरी– श्री बुकुरो
विपना थापा–आ बाट आमा
रमा थपलिया– जन्ते बाखो
ऋचा शर्मा –बलिदान
चरित्र अभिनेता
लोकेन्द्र लेखक– जन्ते बाखो
माओत्से गुरुङ– रिमै
माओत्से गुरुङ–ऊनको स्विटर
वुद्दि तामाङ –माइतीघर
सन्तोष पन्त – हर्ष
उत्कृष्ट द्वन्द्व निर्देशक
राजु तामाङ–नरसिंहा अवतार
सम्राट बस्नेत, राजु तामाङ– जेरी अनटप
श्री श्रेष्ठ–परिवर्तन
श्री श्रेष्ठ– राम नाम सत्य
श्री श्रेष्ठ र स्टनर शाम –बलिदान
उत्कृष्ट सहअभिनेता
आर्यन सिग्देल – कोशेढुंगा
प्रकाश दाहाल–अभिमन्यू
माइतीघर– प्रकाश सपुत
विनय श्रेष्ठ –रमिताको पिरती
वुद्दि तामाङ–भाइरल गोर्खे
उत्कृष्ट सहअभिनेत्री
आँचल शर्मा– जेरीः अन टप
उपासना सिंह ठकुरी– के घर के डेराः घर न. १
गौमाया गुरुङ– रिमै
प्रियंका कार्की– हरिबहादुरको जुत्ता
रेणुनाथ योगी –रमिताको पिरती
उत्कृष्ट गीतकार
गोविन्द भट्ट –सिटामोल (मुटु भित्र खिल छ)
् प्रभा बर्तौला– मोहर (सपना हो कि)
बाबुल गिरी –हामी तीन भाई (मैले जति दुःख)
बुद्धि सागर–ढुंगा देउता (के घर के डेरा घर नम्ब)
हर्क साउद – ऊनको स्विटर (फूलहरू)
उत्कृष्ट पटकथा
ओम प्रतिक– मोहर
नविन चौहान र सुरज – ऊनको स्विटर
बुद्धि सागर के घर के डेराः घर नम्बर २
विश्वास तिमिल्सिना– जेरीः अन टप
सुदिप्ता अधिकारी–रमिताको पिरती
उत्कृष्ट पार्श्व संगीत
एलिस कार्की र शैलेन्द्र –आ बाट आमा
बज्र क्रियशन–ऊनको स्विटर
मोहक श्रेष्ठ– द ब्लू लाइट
रोहित शाक्य – रिमै
रोमन बज्राचार्य र निकेश –रमिताको पिरती
उत्कृष्ट नव–अभिनेत्री
उषा उप्रेती–आ बाट आमा
खुशी कार्की– राम नाम सत्य
विनिता कार्की –पीआर विना राउत मन विनाको धन
श्यामाश्री शेर्पा– माइतीघर
उत्कृष्ट नवअभिनेता
अशोक दर्जी– मन विनाको धन
मन्जिल कुमार – कोशेढुंगा
विमोचन दवाडी–झरीपछिको इन्द्रेणी
समीर श्रेष्ठ – रमिताको पिरती
सुरज पौडेल –पीआर
उत्कृष्ट पार्श्व गायिका
झुमा लिम्बु –उनको स्विटर (काफ्ले)
टप मनिषा सुनार–नरसिंहा अवतार(तिम्रो मात्र)
रचना रिमाल– राम नाम सत्य ९धागोले बाटेको०
सिमरन परिवार – सिटामोल (औंठी सुनैको)
सोनिया बराइली –जेरी अन टप (कुराउनी)
उत्कृष्ट पार्श्व गायक
एस। डी। योगी राम नाम सत्य (हम्लाको लिमी)
बाबुल गिरी सिटामोल (औंठी सुनैको)
रवि ओड– आ बाट आमा (लैजा खबर)
साइराज खती– नरसिंहा अवतार (तिम्रो हुने )
सुजन चापागाईं –ऊनको स्विटर (फूलहरू)
उत्कृष्ट सम्पादन
कृष्ण भण्डारी – ऊनको स्विटर
नहकुल खड्का– हरि बहादुरको जुत्ता
निमेष श्रेष्ठ – जेरीः अन टप
बन्दे प्रसाद– राम नाम सत्य
सुनिल सिवाकोटी – रमिताको पिरती
उत्कृष्ट नृत्य निर्देशक
कविराज गहतराज – सिटामोल ९झुम्का०
किरण थापा –जेरीः अन टप ९कुराउनी०
रामजी लामिछाने –मोहर (चाहिदैन मोहर)
स्मृति तिमिल्सिना –कोशेढुंगा (नत्र भने)
सियोन श्रेष्ठ – राम नाम सत्य (हुम्लाको लिमि)
उत्कृष्ट खलपात्र
अर्जुन जंग शाही– मोहर
दिव्यदेव पन्त–हरि बहादुरको जुत्ता
प्रवीण खतिवडा – कोशेढुंगा
हेमन्त बुढाथोकी – बलिदान
श्रृष्टि श्रेष्ठ–द ब्लूलाइट
उत्कृष्ट पाश्र्व गायक
एस. डी. योगी –राम नाम सत्य (हुम्लाको लिमी)
बाबुल गिरी– सिटामोल (जठी सुनैको)
रवि ओड –आ बाट आमा ९लैजा खबर
साइराज खती – नरसिंहा अवतार (तिम्रो हुने)
सुजन चापागाईं –ऊनको स्विटर (फूलहरू)
प्रकाशित: २७ असार २०८३ १९:१२ शनिबार





