२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

धनुषामा उपमेयर सवार गाडी र एम्बुलेन्स ठोक्किँदा ८ जना घाइते

धनुषाको मिथिला नगरपालिका–९ बडहरीस्थित पूर्व–पश्चिम लोकमार्गमा उपमेयर सवार गाडी र एम्बुलेन्स ठोक्किँदा ८ जना घाइते भएका छन्।

शनिबार बडहरीबाट विराटनगरतर्फ बिरामी लिएर जाँदै गरेको ना.२ च २३२ नम्बरको एम्बुलेन्स र ढल्केवरबाट बर्दिबासतर्फ जाँदै गरेको धनुषाधाम नगरपालिकाकी उपमेयर सवार प्रदेश २–०२–००१ झ ००८२ नम्बरको गाडी एकआपसमा ठक्कर खाई दुर्घटना भएको हो।

दुर्घटनामा एम्बुलेन्स चालक सहित एम्बुलेन्समा सवार ५ जना तथा अर्को गाडिमा सवार ३ जना गरी ८ जना घाइते भएका प्रहरीले जनाएको छ।

घाइते हुनेमा धनुषाधाम नगरपालिकाकी उपमेयर विद्दा भुजेल, ७० वर्षीय भीमराज भुजेल, धनुषाधाम नगरपालिका–८ बस्ने अन्दाजी ५० वर्षीय बद्री भुजेल, मिथिला नगरपालिका–१ बस्ने अन्दाजी ४९ वर्षीय दिपेन्द्र कुमार महतो (एम्बुलेन्स चालक) , महोत्तरीको गौशाला नगरपालिका–५ बस्ने अन्दाजी ४५ वर्षीय बसन्त कुमार सिंह, सोही स्थानकी अन्दाजी ४० वर्षीया रेणु कुमारी महतो, धनुषाको मिथिला नगरपालिका–९ बस्ने अन्दाजी ६० वर्षीया राजु देवी र सोही स्थानका ६५ वर्षीय लक्ष्मी महतो रहेका छन्।

घाइते सबैलाई उपचारका लागि जानकी मेडिकल कलेज, रमदैया, धनुषा पठाइएको छ। घटनाबार थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: २७ असार २०८३ १८:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App