नागार्जुन नगरपालिकाको रानीवन र सानोभर्याङ क्षेत्रमा श्रृङ्खलाबद्ध चोरी गरेको अभियोगमा दुई युवा पक्राउ परेका छन्।
पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका–३ का २७ वर्षीय रमेशकुमार तामाङ र काठमाडौं महानगरपालिका–९ का २९ वर्षीय प्रभातसिंह प्रधान रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीले जानकारी दिए।
उनीहरुले चोरीका सामान किनबेच, व्यवस्थापन र बिक्री वितरण गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
प्रहरीले उनीहरुको डेराबाट चोरीको मोबाइल, ल्यापटप, नगद, मूर्ति, लागुऔषध, चोरीमा प्रयोग हुने औजारलगायत बरामद गरेको छ।
तामाङ सानोभर्याङ र सिंह बत्तीसपुतली क्षेत्रमा बसोबास गर्दै आएका थिए।
प्रकाशित: २८ वैशाख २०८३ २०:३८ सोमबार





