२५ जेष्ठ २०८३ सोमबार
image/svg+xml
कर्पोरेट

सीईओ पाण्डेको राजीनामा भ्रामक र आधारहीन: नेपाल इन्भेष्टमेण्ट मेगा बैंक

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्नो प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेको राजीनामासम्बन्धी केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बैंकले सोमबार एक विज्ञप्ति जारी गर्दै उक्त समाचारहरू भ्रामक, आधारहीन तथा तथ्यहीन रहेको स्पष्ट पारेको हो। बैंकका अनुसार प्रमुख कार्यकारी अधिकृत पाण्डे हाल पनि आफ्नो जिम्मेवारीमा सक्रिय रहँदै बैंकको कार्यसम्पादन तथा व्यवस्थापनमा संलग्न छन्। ‘बैंकका प्रमुख कार्यकारी अधिकृत आफ्नो जिम्मेवारीमा सक्रिय रही बैंकको कार्यसम्पादन तथा व्यवस्थापनमा सक्रिय रहनुभएको जानकारी गराइन्छ’ बैंकले विज्ञप्तिमा भनेको छ । 

बैंकले बैंकसम्बन्धी कुनै पनि सूचना वा समाचार प्रकाशन तथा प्रसारण गर्दा आधिकारिक स्रोतबाट पुष्टि गरेर मात्र सम्प्रेषण गर्न सम्पूर्ण सञ्चारमाध्यम तथा सरोकारवालाहरूलाई अनुरोध गरेको छ।

साथै, बैंकले ग्राहक, शेयरधनी तथा आम सर्वसाधारणप्रतिको विश्वास र प्रतिबद्धतालाई निरन्तर सुदृढ बनाउँदै गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्न सदैव प्रतिबद्ध रहेको जनाएको छ।

प्रकाशित: २८ वैशाख २०८३ २०:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App