१० भाद्र २०८३ बुधबार
image/svg+xml
समाज

खण्डहर बन्यो त्रिशूली बजार

नुवाकोटको त्रिशूली बजारमा बुधबार बिहानसम्म सदाझैँ चहलपहल थियो। बजारवासी आफ्नो नियमित दिनचर्या सुरु गर्दै थिए। व्यापार–व्यवसायमा व्यस्त हुने तयारी हुँदै थियो।

तर, एकाएक आएको बाढीले केहीबेरमै बजारको परिचित स्वरूप बदलिदियो। चकाचौँध देखिने त्रिशूली बजारलाई बाढीले एक निमेषमै खण्डहरजस्तो बनाइदिएको छ।

बाढीपछि बजारका केही ठूला घरहरू मात्रै ठिङ्ग उभिएका छन्। घरहरू उभिएको जमिनमा अहिले बालुवा नै बालुवा थुप्रिएको छ। बाढीको वेगले घर तथा अन्य संरचनामा क्षति पुगेको छ भने बजार क्षेत्रको भौतिक अवस्था क्षतविक्षत् देखिन्छ।

कुनै समय मानिसको आवतजावत, व्यापारिक गतिविधि र चहलपहलले भरिने बजार अहिले सुनसान र अस्तव्यस्त बनेको छ। बाढीले सडक, घर तथा व्यापारिक संरचनामा पुर्‍याएको क्षतिले त्रिशूली बजारको पुरानै स्वरूप तत्काल फर्किने अवस्था देखिँदैन।

बजारसँगै बग्ने त्रिशूली नदी भने विस्तारै आफ्नो पुरानै बहावमा फर्किन थालेको छ। नदीको पानी घट्दै गए पनि त्यसले छाडेको विनाशको दृश्य भने झनै प्रस्ट हुँदै गएको छ।

त्रिशूली नदी बिस्तारै सामान्य अवस्थामा फर्किए पनि त्रिशूली बजार भने अब पुरानो अवस्थामा छैन। बाढीले बजारको भौतिक संरचना मात्रै होइन, यहाँका व्यवसायी र बासिन्दाको वर्षौँको मेहनत र दैनिकीसमेत तहसनहस बनाइदिएको छ।

प्रकाशित: १० भाद्र २०८३ १७:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App