निजामाति सेवा दिवसका अवसरमा कपिलवस्तुको तौलिहवामा वृक्षारोपण गरिएको छ ।
कपिलवस्तु नगरपालिका र डिभिजन वन कार्यालय कपिलवस्तुको सहयोगमा निजामति सेवा दिवस मुल समारोह समितिले बुद्धपद उच्च माविबाट नयाँटोल-बहादुरगंज जाने चौराहासम्मको बाटोमा दुबै तर्फ विरुवा रोपेको छ ।
प्रजिअ दिल कुमार तामाङ र कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले बेगम बेलिया फूलको बिरुवा रोप्दै कार्यक्रमको शुभारम्भ गरेका थिए । बेगमबेलिया ५ सय र कलकीलगायत अन्य जातका फूलका सय बिरुवा रोपिएको थियो ।
मेयर पौडेलले ऐतिहासिक बुद्धनगरीलाई स्वच्छ हराभरा बनाउन थालिएको यो अभियानमा कर्मचारी र नगरबासीको साथ आवश्यक रहेको बताए । प्रजिअ तामाङले बुद्धनगरीलाई सुन्दर बनाउन दिवस कै अवसरमा तौलिहवामा वृक्षारोपण गरिएको बताए ।
प्रकाशित: २१ भाद्र २०८२ २०:१५ शनिबार





-600x400.jpg)