२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

गाइजात्रामा कुटपिट गर्ने तीन युवा पक्राउ

फाइल।

भक्तपुरमा गाइजात्रा पर्वको दिन भएको कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले घटनामा संलग्न तीन जना युवालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरले मंगलबार उनीहरूलाई नियन्त्रणमा लिएको हो।

गत साउन २५ गते भक्तपुर नगरपालिका-५ स्थित टौमडी स्क्वायर (पाँचतले मन्दिर परिसर) मा गाइजात्रा हेर्ने क्रममा भएको झैझगडा र कुटपिटको भिडियो फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो। भिडियो सार्वजनिक भएपछि प्रहरीले तत्काल छानबिन सुरु गरी घटनामा संलग्नहरूको पहिचान गरेको थियो।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा ललितपुरको कोन्ज्योसोम गाउँपालिका–१ स्थायी ठेगाना भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–६, पाण्डुबजार बस्ने २२ वर्षीय महेश तामाङ, भक्तपुर नगरपालिका–५, भेलुखेलका ३४ वर्षीय अमन देउला र भक्तपुर नगरपालिका–५, साकोठाका ३४ वर्षीय राज कपाली रहेका छन्।

परिसरका सूचना अधिकृत, प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले भाइरल भिडियोका आधारमा पहिचान गरी तीनै जनालाई पक्राउ गरिएको पुष्टि गरे।

प्रकाशित: २७ श्रावण २०८२ १७:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App