१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

मुगुमा घरमाथि पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु

मुगु जिल्लाको मुगम कार्मारोङ गाउँपालिका ५ पुलु बजारमा घरमाथि ढुंगा सहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ। 

शनिबार बिहान करिब ४ बजे परेको पहिरोले पेमा लामाको घरमा भाडामा होटल सञ्चालन गर्दै बसिरहेका छायाँनाथ रारा नगरपालिका १३ तिर्पका ३२ वर्षीय जगनाथ बडुवालको परिवारलाई च्यापेको थियो। घटनाका बेला जगनाथ, उनकी २७ वर्षीया पत्नी सृजना बडुवाल र तीन वर्षीय छोरा रमेश बडुवाल घरभित्र सुतिरहेका थिए। 

पहिरोमा पुरिएका रमेश बडुवाललाई प्रहरी चौकी डोल्फु पुलुबाट खटिएको प्रहरी टोलीले उद्धार गरी बिहान ४ः४८ बजे पुलु स्वास्थ्य चौकी पुर्‍याएको थियो। तर उपचारकै क्रममा बिहान ५ः४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। 

घटनामा घाइते भएका जगनाथ र सृजनाको पुलु स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: ९ श्रावण २०८३ १२:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App