यहाँको झापा गाउँपालिका-२ सडकवारीमा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ।
घर अगाडि बनेको खाल्डोमा खेल्ने क्रममा डुबेर घाइते भएका बालकको उपचारका क्रममा मृत्यु भएको हो।
स्थानीय दिनेश कँडेलका तीन वर्षीय छोरा दिवांस कँडेल आइतबार अपराह्न घर अगाडि पानी जमेको खाल्डोमा डुबेका थिए। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बालकलाई तत्काल बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएकामा उपचारका क्रममा मृत्यु भएको बताए।
प्रकाशित: १४ पुस २०८२ ०७:१९ सोमबार





