२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

सर्लाहीमा इँटा उद्योगको चाङ खस्दा तीन जना मजदुरको मृत्यु

सर्लाहीमा इँटा उद्योगको चाङ खस्दा तीन जना मजदुरको च्यापिएर ज्यान गएको छ। घटनामा दुई जना गम्भीर घाइते भएका छन्।

सर्लाहीको हरिपुर नगरपालिका ५ मजुर्वाटोलमा संचालित कृष्ण इँटा उद्योगबाट इँटा निकाल्ने क्रममा अचानक चाङ खसेपछि गौडेता नगरपालिका ७ रामवनका ५० वर्षीय फिताई मंसुर, सोही नपा वडा नम्बर ९ का ३५ वर्षीय शम्भु राउत र भारत लखिमपुरका ३५ वर्षीय अंगद कुमारको ज्यान गएको हो।

उक्त घटनामा मलंगवा नगरपालिका वडा नम्बर ७ का ३२ वर्षीय तुलसी महतो र ५२ वर्षीय सत्य नारायण महतो गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।  

पोलेको इँटा निकाल्ने क्रममा अचानक चाङ खसेपछि पाँच जना मजदुर च्यापिएका थिए। नजिकै रहेको स्थानीय र सुरक्षाकर्मीको सहयोगमा उद्धार गर्दागर्दै तीन जनाको ज्यान गएको र घाइते दुई जनाको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार भइरहेको छ।

तीन जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको प्रहरीले जनाएको छ।

प्रकाशित: २ जेष्ठ २०८३ ०७:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App