२ वैशाख २०८३ बुधबार
image/svg+xml
समाज

तीन फर्ममाथि जरिवाना, ३६ लाई सुधारात्मक निर्देशन

नियमित रूपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन फर्मलाई जरिवाना गरेको छ।

स्थलगत निरीक्षणको क्रममा कैफियत देखिएपछि विभागले कुलेश्वरमा अवस्थित शंकर खाद्य किराना स्टोरलाई रु २० हजार जरिवाना गरेको छ।

यस्तै, कुलेश्वरकै एमडिआर स्टोरलाई पनि रु २० हजार जरिवाना गरेको छ। गोंगबुमा रहेको गुप्ता गुदपाक भण्डारलाई रु पाँच हजार जरिवाना गरेको छ। ती फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरिएको विभागले प्रष्ट पारेको छ।

विभागले एकैदिन कूल ३९ वटा फर्ममा अनुगमन गरेकामा ३६ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ। उपभोक्ता अधिकारकर्मी र सरोकारवालाहरूको उपस्थितिमा विभागले नियमित रूपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको छ। रासस

प्रकाशित: २५ चैत्र २०८२ ०८:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App