३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

बूढानीलकण्ठमा तीनदिने ‘सडक खाना महोत्सव’ सुरु

काठमाडौंको बूढानीलकण्ठमा तीनदिने ‘सडक खाना महोत्सव’ सुरु भएको छ । बूढानीलकण्ठ नगरपालिकाको आयोजना तथा बूढानीलकण्ठभित्र रहेका विभिन्न होटल तथा रैथाने खाद्यान्नसम्बन्धी सङ्घसंस्थाको सहकार्यमा बूढानीलकण्ठ मन्दिर अगाडिको सडकमा खाना महोत्सव गरिएको हो ।

महोत्सवको आज शुभारम्भ गर्दै बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले स्थानीय मौलिक खानाका परिकारको प्रवर्द्धनसँगै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको जानकारी दिए । पछिल्लो समय परम्परागत रैथाने खानालाई मानिसले मन पराउन थालेकाले यसबाट रैथाने खानाको प्रवर्द्धन हुने उनको विश्वास छ ।  

नगरप्रमुख अधिकारीले खाना महोत्सवमा उपत्यकाभित्रका सबै नगरपालिकाका जनप्रतिनिधिलाई आमन्त्रण गरिएको जानकारी दिए । तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा स्थानीय मौलिक खाना, बूढानीलकण्ठभित्र सञ्चालित होटल, होमस्टे तथा खाना व्यवसायीको ६० वटा कक्ष रहेका छन् ।

प्रकाशित: २५ पुस २०८२ २०:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App