२१ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

स्रोत नखुलेको ८ लाख नेपाली र १ लाख भारतीय रुपैयाँसहित तीन जना पक्राउ

लागु औषध तथा विस्फोटक पदार्थ नियन्त्रण सम्बन्धी कपिलवस्तुको सीमा क्षेत्र मर्यादपुरमा शुक्रबार तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीको आकस्मिक जाँच गरिएको छ। 

टोलीले कपिलवस्तुको यशोधरा गाउँपालिकाको मर्यादपुरमा स्रोत नखुलेको रकम र लागु औषधसहित ४ जना पक्राउ गरेको छ।

तालिम प्राप्त कुकुरसहित गौतमबुद्ध विमानस्थल सुरक्षा कार्यालय केननाईन शाखा, प्रहरीको जिल्ला तथा मर्यादपुर चौकीबाट खटिएको संयुक्त टोलीले स्रोत नखुलेको ८ लाख र भारतीय रुपैयाँ एक लाखसहित ३ जना तथा लागु औषधसहित एक जना पक्राउ परेका हुन्। 

लु ५१ प १९०९ नम्बरको मोटरसाइकल चालक यशोधरा गाउँपालिका-७ का अखलक खाले बोकेको झोला खोलेर हेर्दा एक हजार दरका ८ सय वटा नोट फेला परेको थियो।

यस्तै लु ८५ प ३९८ नम्बरको मोटरसाइकल चालक मायादेवी गाउँपालिका-५ का अजय गुप्ता र पछाडि बसेका लुम्बिनी सांस्कृतिक नगरपालिका-९ का दुखी मल्लाहलाई चेकजाँच गर्दा एक लाख भारतीय रुपैयाँ बरामद भएको थियो। 

पक्राउ परेको नगदसहित ३ जनालाई राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले बताए।

यस्तै युपी ५५ एडब्लु ०५९६ नम्बरको मोटरसाइकलको सिट कभरमा लुकाइ राखेको अवस्थामा १२ ट्याब्लेट स्पासप्रोक्ससहित यशोधरा गाउँपालिका-५ का बब्लु यादव पक्राउ परेका छन्। उनीमाथि लागु औषध मुद्दामा अदालत पठाउने प्रहरीले तयारी गरेको जनाएको छ।

प्रकाशित: २१ चैत्र २०८२ ०७:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App