१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

फोहोर नउठ्दा दुर्गन्ध बढ्यो

सदरमुकाम गाईघाटमा सात दिन यता फोहोर नउठ्दा दुर्गन्ध बढ्न थालेको छ । भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनयता बजारका सडक चोक र गल्लीहरुमा जताततै थुप्रिएको फोहोर विसर्जन नगर्दा नगरबासी दुर्गन्धको सिकार भएका छन् । फोहोरले शहरको स्वरुप पनि कुरुप बन्दै गएको छ ।  

फोहोर सङ्कलन गर्ने कर्मचारी टोली निस्कन नसक्दा बजारको फोहोर उठाउन नसकेको नगरपालिकाले जनाएको छ । आन्दोलन अझै पूर्णरुपमा नसेलाएकाले पनि सफाइ टोली बाहिर नआएको पालिकाको जवाफ छ।

नगरपालिकाले जेन-जी आन्दोलनका क्रममा नगरपालिकाको गाडी देख्नेबित्तिकै तोडफोड गर्ने खतरा रहेकाले सफाई टोली निस्कन नसकेको जनाएको छ ।

जताततै पोहोर थुप्रिदै गएपछि बजारमा खुल्ला मुख लिएर हिड्डुल गर्नै नसक्ने अवस्था भईसकेको बजारबासी बताउँछन् । तत्काल फोहोर सङ्कलन नगरे नगरबासीको स्वास्थ्यमा गम्भीर असर देखा पर्ने संभावना बढेको उनीहरुको भनाई छ । ‘यत्रो दिन भईसक्यो फोहोर उठेको छैन, मास्क नलगाई बजार हिड्नै नसक्ने अवस्था भईसक्यो’ स्थानीय व्यापारी चन्द्रमणि राईले भने ‘अझै एकदुईदिन सफा नगरे हैजा फैलिन सक्छ ।’

फोहोर बढेपछि बिहीबार छलफल भएको र शुक्रबारदेखि उठाउने समझदारी भएको वडा कार्यालयले जनाएको छ।

प्रकाशित: २ आश्विन २०८२ १९:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App