२२ मंसिर २०८२ सोमबार
image/svg+xml
समाज

मृतकको आफन्त खोज्दै प्रहरी, दश दिन हुँदा पनि सनाखत भएन

सांकेतिक तस्बिर

दश दिनअघि उपचारको क्रममा मृत्यु भएका अन्दाजी ५५ वर्षीय एक अपरिचित पुरुषको अझै सनाखत हुन सकेको छैन । गत कात्तिक १० गते साँझ घाईते भेटिएका अपरिचित व्यक्तिको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भए पनि हालसम्म पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।  

मदन भण्डारी लोकमार्ग अन्तर्गत त्रियुगा नगरपालिका ८ शाहीखोलास्थित पुल छेउमा साँझ बेहोस अवस्थामा भेटिएका उनको तत्काल उद्धार गरि प्रहरीले जिल्ला अस्पताल गाईघाट ल्याएको थियो। उपचारका क्रममा सोही दिन राति उनको मृत्यु भएको हो।  

१० दिनअघि बेहोस अवस्थामा भेटिएका व्यक्ति । अस्पतालले मृत घोषणा गरेपछि अस्पतालको पोस्टमार्टम भवनमा ।

उनको आफन्तको खोजतलास गर्दा हालसम्म पनि नभेटिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी केदारमान दोङले बताए । उनका अनुसार घाईते अवस्थामा स्थानीयले भेटेर खवर गरेपछि प्रहरीले उद्धार गरि उपचारार्थ अस्पताल ल्याएको थियो । अस्पतालले केही घण्टापछि नै मृत घोषित गरेपछि आफन्तको खोजी कार्य भईरहेको छ ।  

कालो रङको भेस्ट र निलो रङको हाफपाईन्ट लगाएका पहाडे मङ्गोल मूलका गहुँगोरो वर्णका उनी घाउचोट लागेर बेहोस अवस्थामा भटिएका थिए। 

प्रकाशित: २० कार्तिक २०८२ १८:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App