२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

श्रमदानबाटै बन्यो पार्क

खोटेहाङ गाउँपालिका २ बाप्लुखामा निर्माणाधीन राष्ट्रिय विभूति पार्क ।

पछिल्लो समय श्रमदानको चर्चासँगै अभ्यास पनि बढ्न थालेको छ ।

सामाजिक धेरै काम श्रमदानबाटै हुने थालेका छन् । यसको एक उदाहरण माओवादी केन्द्रको खोटाङ खोटेहाङ गाउँ कमिटीले बनाएको पार्कलाई लिन सकिन्छ ।  

साउन १ गतेदेखि उत्पादनसँग जोडिन निर्देशन अनुसार युवाहरुको सङ्गठन योङ् कम्युनिष्ट लिग (वाईसिएल), विद्यार्थी सङ्ठन अनेरास्ववियु (क्रान्तिकारी), अखिल नेपाल महिला संघ (क्रान्तिकारी), मजदुर सङ्गठनहरु पार्टीले परिचालन गर्दै श्रमदान अभियानमा खटाईरहेको छ ।  

यसै क्रममा खोटेहाङ गाउँपालिकाभित्रका विभिन्न सार्वजनिक स्थललाई पर्यटन विकाससँग जोड्ने गरी श्रमदानका काम भईरहेका छन् ।  

खोटेहाङ गाउँ पार्टी कमिटी अध्यक्ष दिपेन थुलुङले जनश्रमदान अभियानबाट वडा नं. २ स्थित वाप्लुखाको कपासे भञ्ज्याङमा निर्माणाधीन ‘राष्ट्रिय विभूति पार्क (उद्यान)’ र रोक्सिम भञ्ज्याङको सोलढुङ्गा, ‘सुम्निमा–पारुहाङ पार्क’ तथा ‘सानो हलेसी गुफा’आसपास क्षेत्रमा सरसफाई कार्यक्रम निरन्तर गरिरहेको बताए । सरसफाइसँगै त्यहाँ वृक्षारोपण पनि गरिएको छ ।  

माओवादीले थालेको जनश्रमदान अभियानमा पछिल्लो समय स्थानीयवासी स्वतःस्फुर्तरुपमा खट्न थालेका छन् । हरेक साताको शनिबार आयोजना हुदै आएको श्रमदानमा ८० देखि एक सय जनासम्म स्थानीयबासीको सहभागिता हुन थालेको अध्यक्ष थुलुङले बताए ।  

श्रमदान अभियानका क्रममा सार्वजनिकस्थल तथा पर्यटकीयस्थलमा विरुवा रोप्ने, भत्केबिग्रेका सडक निर्माण गर्ने, सडकको पहिरो हटाउने, झाडी सफाई गर्ने, बाटो मर्मत गर्ने, खानेपानी तथा विद्यालय परिसर सरसफाई गर्नेलगायत काम गर्ने गरिएको छ ।  

 

 

प्रकाशित: १४ भाद्र २०८२ २०:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App