भरतपुर महानगरपालिका–१६, सरनपुरस्थित नारायणी नदीमा डुबेर बेपत्ता भएका एक बालक मृत भेटिएका छन्। सशस्त्र प्रहरी बलको गोताखोर टोलीले भरतपुर महानगरपालिका–१५, सूर्यनगरका १५ वर्षीय मेनसन पुन मगरको शव फेला पारेको हो ।
आजै दिउँसो उनी नारायणी नदी किनारमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।
घटनाको जानकारी पाएपछि सशस्त्र प्रहरी बल, नेपाल नं. १७ गण चितवनबाट खटिएको गोताखोरसहितको टोलीले घटनास्थलको करिब २५ फिट गहिराइमा उनको शव फेला पारेको हो ।
प्रकाशित: ५ श्रावण २०८२ १८:१८ सोमबार





