सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले उत्कृष्ट मिडिया समन्वय पुरस्कार पाएका छन् ।
२५औँ सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव) को अवसरमा आज आयोजित प्रभातकालिन बिशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले थापालाई नगदसहित प्रसंसापत्र प्रदान गरेका हुन् । योसँगै उनी चौथो पटक संगठनबाट पुरस्कृत भएका छन् ।
संगठनको गतिविधि छिटो छरितो र सहज ढंगले संचारमाध्याम उपलब्ध गराई प्रचारप्रसारमा उत्कृष्ट र प्रभावकारी कार्य गरेवापत सशस्त्र प्रहरी नायव उपरीक्षक थापालाई पुरस्कृत गरिएको हो । हाल उनी सशस्त्र प्रहरी बल नेपालको सूचना शाखामा सहप्रवक्तको जिम्मेवारीमा छन् ।
यसअघि उनलाई २०७७ सालमा २०औँ सशस्त्र प्रहरी दिवसको अवसरमा संगठनसँग सम्बन्धीत उजुरी तथा गुनासोहरुको समाधान तथा व्यवस्थापनमा प्रभावकारी कार्य गरेबापत पुरस्कृत गरिएको थियो भने २१औँ सशस्त्र प्रहरी दिवस २०७८ मा स्टाफ ड्यूटीमा उत्कृष्ट कार्य गरे बापत र २४औँ सशस्त्र प्रहरी दिवस २०८१ आईजी एपीएफ कमेन्डेसन प्रदान गरिएको थियो ।
प्रकाशित: ९ माघ २०८२ १५:५७ शुक्रबार





