२६ आश्विन २०८३ सोमबार
image/svg+xml
समाज

पार्टीबाट टाढिएका साथीहरूलाई कांग्रेसमै फर्काउनुपर्छ: सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीप्रति असन्तुष्टि जनाउँदै टाढिएका नेता तथा कार्यकर्तालाई पुनः कांग्रेसमै फर्काउनुपर्नेमा जोड दिएका छन्।

पूर्वसहायकमन्त्री प्रकाशबहादुर गुरुङको १३औं पुण्यतिथिमा नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिकाले आज पोखरामा आयोजना गरेको शोकसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

सभापति थापाले कांग्रेस ठूला नेताहरूको मात्र नभई गाउँ-गाउँमा खटिएर पार्टी निर्माणमा योगदान दिने सबै निष्ठावान् कार्यकर्ताको भएको उल्लेख गरे। उनले पार्टीभित्र देखिएका असन्तुष्टिहरूलाई सम्बोधन गर्दै सबैलाई समेटेर अघि बढ्नुपर्ने खाँचो औंल्याए।

शोकसभामा दिवङ्गत नेता गुरुङले पार्टी संगठन र समाजका लागि पुर्‍याएको योगदानको स्मरण गरिएको थियो। कार्यक्रममा कांग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उपस्थिति थियो।

प्रकाशित: २६ आश्विन २०८३ २०:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App