११ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

मेलम्ची मुहान सडक स्तरोन्नति गर्न टेन्डर आह्वान

मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र जाने सडक स्तरोन्नति गर्न बुधबार टेन्डर आह्वान गरिएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङको उपस्थितिमा मंगलबार खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजनाका सरोकार समितिहरूबिच भएको समझदारी कार्यान्वयनका क्रममा सडक डिभिजन कार्यालय, चरिकोटले बुधबार सडक स्तरोन्नति गर्न टेन्डर आह्वान गरेको छ।

मेलम्ची-अम्बाथान-मेलम्चीघ्याङ सडक खण्डको १७ किलोमिटर स्तरोन्नति गर्न तीन वटा प्याकेजमा विभाजन गरी टेन्डर गरिएको हो। सडक निर्माण लगायतका विभिन्न समझदारी भएपछि गत २० कार्तिकदेखि मेलम्ची खोलाको पानी सुरुङमार्फत काठमाडौं उपत्यकामा ल्याउने दिन स्थानीय सहमत भएका थिए।

प्रकाशित: २६ कार्तिक २०८२ १३:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App