९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

शिक्षकले दुई घण्टा घेरे एमाले मुख्यालय (तस्बिरहरु)

तस्बिर: विजय राई/नागरिक

सरकारले विगतमा गरेका सहमतिहरूलाई पूर्णतः बेवास्ता गर्दै विद्यालय शिक्षा विधेयक–२०८० अघि बढाएको आरोप लगाउँदै नेपाल शिक्षक महासङ्घले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ।

आफ्ना मागहरू सम्बोधनका लागि राजनीतिक दबाब सिर्जना गर्ने उद्देश्यले महासङ्घले बिहीबार नेकपा (एमाले) कार्यालयमा दुई घण्टा धर्ना दियो।

शिक्षकहरूको एक हुल टोली पार्टी कार्यालय च्यासल पुगेर बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म कार्यालय घेराउ गरेका थिए।

यसअघि बुधबार प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा पनि महासङ्घले दुई घण्टा धर्ना दिएको थियो।

सरकारसँग भएका सहमति र संसदीय समितिबाट पारित विधेयकको व्यवस्थामा ठूलो अन्तर देखिएपछि आन्दोलनमा उत्रनुको विकल्प नभएको महासङ्घको भनाइ छ।

भदौ १३ गते नेकपा (माओवादी केन्द्र) को पेरिसडाँडास्थित कार्यालयमा पनि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म धर्ना दिने महासङ्घको तयारी छ। 

हेराैं तस्बिरहरु, सबै तस्बिर: विजय राई/नागरिक

प्रकाशित: १२ भाद्र २०८२ १३:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App